घरमै हेर्नुस् ‘रोज’ (भिडियो)

फिल्म । ‘रोजी’बाट ‘रोज’ बनेको फिल्म युट्युबमा सार्वजनिक भएको छ । प्रेम, द्वन्द्व, हत्या, पिडा समेटिएको फिल्ममा प्रदिप खड्का रोमान्टिक अवतारदेखि क्रिमिनल अवतारमा पनि देखिएका छन् । फिल्ममा परमिता आरएल राणा प्रदिपको प्रेमिकाको भूमिकामा छिन् भने मिरुना मगर वकिलको भूमिका देख्न सकिन्छ । साथै , फिल्ममा अभिनेता कर्मा शाक्य डिएसपीको भूमिकामा देखिएका छन् । प्रेमकथाको चलचित्र अभिनय गरिरहेका प्रदिपको यो पहिलो क्राइम थ्रिलर चलचित्र हो ।

निरक पौडेलको निर्देशन रहेको फिल्म गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित भएको हो । यसमा बरुण राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोललगायतका कलाकारहरुको अभिनय समेत देख्न सकिन्छ । उद्धव पौडेल यसका प्रस्तुतकर्ता रहेको फिल्ममा आयरा पौडेल र आरोही केसीको निर्माण रोज राजु विक्रम थापाले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्