सँगै देखिए आर्यन , नम्रता र दिनेश

फिल्म । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘सेल्फी किङ्ग’ को प्रिमियरमा अभिनेता आर्यन सिग्देल उपस्थीत थिए । पछिल्लो समय प्रिमियरमा खासै नदेखिने आर्यन निर्देशक विशाल सापकोटाको निम्तोमा त्यहाँ पुगेका थिए । आर्यन प्रिमियरमा देखिने वितिकै फोटो पत्रकारले टिमसँग तस्वीर खिचाउन आग्रह गरे । अन्तत निर्देशक दिनेश राउत र आर्यन एउटै फ्रेममा परे । यी दुइले आइएम सरी , नोभेम्बर रेन , क्लासिकमा सहकार्य गरेका छन् । तर पछिल्लो समय यी दुइको सम्बन्ध पहिलो जस्तो छैन ।

दिनेश निर्देशित पछिल्लो दुइ फिल्ममा आर्यन थिएनन् नै प्रिमियरमा समेत देखिएनन् । यसैगरी फिल्म हेरिसकेपछी मिडियालाई प्रतिक्रिया दिने बेलामा आर्यनसँगै नम्रता श्रेष्ठ र दिनेश पनि देखिए । यी तिनैले नोभेम्बर रेन र क्लासिकमा सँगै काम गरेका छन् । आर्यन र नम्रता अभिनित फिल्म ‘मेरो एउटा साथी छ’ मा पनि दिनेश मुख्य सहायक निर्देशक थिए ।

‘क्लासिक’ पछी एकसाथ सहकार्य नभएको यि तिनैलाई फोटोकै लागि भएपनि एकै फ्रेममा ल्याउने काम ‘सेल्फी किङ्ग’ ले गरेको छ । दर्शकहरुलाई यी तिनैको सहकार्यको प्रतीक्षामा छन् नै । तर , यो सम्भावना तत्काल छैन । यद्दपी यिनीहरुले राम्रो फिल्ममा आफु नै हुनुपर्ने नरहेको प्रतिक्रिया भने दिएका छन् । फिल्मको बारेमा बोल्दै आर्यनले सम्पूर्ण पक्षको तारिफ गरे । ‘म फिल्म हेर्दा निकै भावुक भए यसमा हाँसो र रोदनको मिश्रण छ’ आर्यनले भने ।

उनले फिल्मले कलाकारलाई बढी छोए पनि दर्शकले पनि मन पराउने विश्वास व्यक्त गरे । ‘हामीलाइ कहिँ त्यो पात्रले हसाउछ त कहिँ रुन बाध्य बनाउछ । नेपाली फिल्म हेर्ने दर्शकले एक पटक हेर्नुपर्छ भन्छु म फिल्मलाइ’ उनले भने । आर्यन झैँ नम्रतालाई पनि फिल्म मन पर्यो । उनले यस किसिमको विषयमा फिल्म बनाएकोमा दिनेश राउतको तारिफ गरिन् । ‘मैले धेरै पटक काम गरेको निर्देशक दिनेश राउतले यसलाई निर्माण गर्नु भएको छ । सधै केहि नयाँ गरौँ भन्ने सोच राख्ने दिनेशले निर्माताको रुपमा डेब्यु नै यस फिल्मबाट गर्नु भएको छ । म निकै खुसि छु’ उनले भनिन् । उनले फिल्मले कलाकारको मर्मलाई बोकेको र त्यसलाई विपिनले जीवन्त बनाएको बताइन ।

फिल्मको निर्देशन विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । उनि यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । दिनेश राउत र शुभाष थापाले फिल्मलाई संयुक्त रुपमा निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । फिल्ममा विपिन कार्की , लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् ।

फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।

कमेन्ट गर्नुहोस्