अर्को वर्ष ‘लक्का जवान’

फिल्म । पछिल्लो समय विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमले आम मानिस चिन्तित छन् । केहि देशमा यसले देखाएको त्रास र गरेको असरले सबै सजग हुनु जरुरि छ । यसले गर्दा मनोरंजन क्षेत्रलाई पनि उत्तिकै असर गरेको छ । फिल्महरुले आफ्नो प्रदर्शन रोकिरहेका छन् । कोभिड १९ को उच्च जोखिम नेपाल पनि रहेको डब्लूएचओले बताएपछि यहाँ पनि त्रास बढ्दो छ । यसैले गर्दा नयाँ नेपाली फिल्म रिलिज हुन् सकेको छैन ।

कोरोनाको जोखिम न्यूनिकरणका लागि सरकारले भीडभाड हुने कार्यक्रम नगर्न र दर्शकको चाप रहने स्थानमा नजान पटक-पटक आग्रह गरिरहेको छ । जसकारण घोषित फिल्म सरिरहेका छन् । यसैक्रममा एकपछि अर्को नेपाली फिल्मले प्रदर्शन स्थगित गरिरहेका अवस्थामा आउँदो चैत २१ मा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लक्का जवान’ पनि रोकिएको छ । ‘हामीले नेपाल सरकारको आग्रह र दर्शकको स्वास्थ्यलाई ख्याल गर्दै घोषित डेटमा फिल्म नल्याउने निर्णय लिएका छौ’ प्रस्तुतकर्ता किरण केसीले जानकारी दिए ।

शिवहरी पौडेलको डेब्यू निर्देशित फिल्म आउँदो वर्षको भदौमा प्रदर्शन हुन् सक्ने संकेत किरणले गरे । दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहेको फिल्मले पाका उमेरका मानिसहरुको कथा भन्छ । ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुती रहेको ‘लक्का जवान’ को कार्यकारी निर्मातामा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल छन् ।

कमेन्ट गर्नुहोस्