‘आधा रकम त लिन बाँकी नै छ’

Photo By :- Ranga Raj Acharya

फिल्म । पछिल्लो समय नेपालका अभिनेता तथा अभिनेत्रीहरुले पनि आफ्नो अफिसियल च्यानल युट्युबमा खोल्न थालेका छन् । आफ्नो महत्वपूर्ण भिडियो जानकारी र विविध जानकारील़िया डिजिटल अर्काइभसँगै आयआर्जन पनि हुने भएकाले त्यसतर्फ आकर्षण बढेको छ । यसै क्रममा पछिल्लो समय अभिनेत्री स्वस्तिमा खड्काले पनि आफ्नो अफिसियल युट्युब च्यानल दर्शक माँझ ल्याएकी छिन् ।

उनले च्यानलको सुरुवातमै क्यु एण्ड ए भिडियो तयार परेर हालेकी छिन् । जहाँ उनले आफ्नो केहि प्रश्नहरुको जवाफ दिएकी छिन् । पछिल्लो समय बुलबुल फिल्ममा अभिनय गरेर आफ्नो अभिनय क्षमतालाई दर्शक माँझ प्रस्तुत गर्न सफल भएकी स्वस्तिमाले करिअरको सुरुवात ‘होस्टेल रिटर्न्स’बाट गरेकी हुन् । उनले डेब्यु फिल्ममा कति पारिश्रमिक पाइन् त ? यो जिज्ञाषा धेरैमा हुनु स्वाभाविक नै हो ।

यहि प्रश्नको जवाफ स्वस्तिमाले आफ्नो भिडियोमा दिएकी छिन् । ‘मैले पहिलो फिल्मका लागि १५ हजार पारिश्रमिकमा संझौता गरेकी थिएँ । तर, अझै पनि आधा रकम त लिन बाँकी नै छ ।’ यद्दपी उनले आफुलाई फिल्मनगरीमा डेब्यु गराउने फिल्मका निर्माता र निर्देशकसँग कुनै गुनासो नरहेको प्रस्ट्याइन । यसैगरी उनले आफु फिल्ममा केहि प्रतिशत लगानी गर्न तयार रहेको पनि भिडियोमा बताएकी छिन् ।

कमेन्ट गर्नुहोस्