विनयको सिरिज ‘लभ सुत्र’

सिरिज । अभिनेता विनय श्रेष्ठले निर्माण गर्ने भनिएको सिरिज ‘लभ सुत्र’ रहेको छ । विनयले यो सिरिज ओएसआर डिजिटलका ओमलाल अग्रवालसँगको सहकार्यमा निर्माण थालेका हुन् । सिरिजमा युवापुस्तासँगै सम्बन्धित विषयवस्तुलाई देखाउनेछ । नामले नै युथ लभसँग रिलेट रहेको प्रस्ट्याउछ । यसलाई निरोज महर्जनले निर्देशन गर्नेछन् ।

सिरिजमा विनयसँगै सन्जोग कोइराला , शिल्पा मास्के , सुरक्षा पन्त , रविन्द्र झा , साजन श्रेष्ठ लगायतको अभिनय रहनेछ । सामाजिक सञ्जाल मार्फत यसको कास्ट एण्ड क्रिउको परिचय गराइएको छ । यसलाई यसैवर्ष प्रशारण गरिने समेत जनाइएको छ ।

कमेन्ट गर्नुहोस्