चौथो पटक शाहरुख र दीपिकाको जोडी

फिल्म । बलिउडमा शाहरुख खानसँग ‘ओम शान्ति ओम’ मा अभिनय गरेर भित्रिएकी एक्ट्रेस दीपिका पादुकोण पछिल्लो समयकी सफल कलाकार हुन् । त्यसपछि यी दुइले चेन्नई एक्सप्रेस र ह्याप्पी न्यु इयरमा पनि सँगै अभिनय गरे । यी फिल्म र शाहरुख र दीपिकाको जोडीलाई दर्शकले रुचाए । यतिबेला पुनः यो जोडी पर्दामा देखिने सम्भावना बढेको छ । तमिल निर्देशक एटली कुमारको फिल्म ‘सनकी’मा शाहरुख र दीपिकाको जोडी देख्न पाइने सम्भावना बढेको हो ।

भारतीय मिडियामा आएको खबर अनुसार दीपिकाले काम गर्ने सहमति दिईसकेकी छिन् । निर्देशक एटलीको प्रस्तावमा शाहरुखको अपोजिट बन्न दीपिका तयार भएकी हुन् । ‘सनकी’सम्म आइपुग्दा शाहरुख र दीपिकाको जोडी चौथोपटक हुनेछ।’सनकी’ फिल्मको युनिट २०२१ को शुरुवातमा फ्लोरमा जाने तयारीमा छ । सन् २०१८ मा प्रदर्शनमा आएकी फिल्म ‘जिरो’ पछी पर्दामा नदेखिएका शाहरुखले राजकुमार हिरानी र सिद्धार्थ आनन्दसँग पनि फिल्म गर्ने तयारी गरिरहेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्