मिलनको भिडियोमा आर्यन र आँचल

फिल्म । पछिल्लो समय फिल्ममा नदेखिएको जोडी म्युजिक भिडियोमा देखिन थालेका छन् । यहि क्रममा भिडियोमा देखिन लागेको नयाँ जोडी हो आर्यन सिग्देल र आँचल शर्माको जोडी । दशैं र तिहारको सेरोफेरोमा तयार गरिएको गीतमा आर्यन र आँचलको जोडीलाई अभिनय गराएका हुन् , मिलन चाम्सले । केहि समय अगाडी उनकै भिडियोमा आँचल र दयाहाङ राइको जोडी पनि पहिलो पटक देखिएको थियो ।

पछिल्लो समय भिडियो निर्देशनमा सक्रियता बढाईरहेका निर्देशक चाम्सले फिल्मकै कलाकारहरुलाई लिईरहेका छन् । उनि भिडियोमा पनि कुनै सम्झौता नगर्न हुने बताउछन् । ‘कलाकारको क्रेज भिडियोले बढाउने काम गर्नु पर्छ । त्यसैले हाम्रो मेकिङ शैली फिल्मको झैँ हुने गरेको छ’ मिलनले भने । उनले दर्शककै प्रतिक्रिया अनुसार आफुले भिडियो बनाउने कोसिस गर्ने गरेको बताए ।

आर्यन र आँचलको जोडी दर्शकको लागि पक्कै नयाँ हुनेछ । भिडियोलाई २६ गते सोमबार रिलिज गर्ने तयारी निर्देशक चाम्सको छ । ‘दशैँ तिहार’ बोलको गीतमा सुज​न तिगेला लिम्बु र मेलिना राइले स्वर दिएका छन् । गीतमा शब्द जर्न राइको रहेको छ भने संगीत ताराप्रकास लिम्बुले दिएका छन् । गीतको भिडियोमा सुदिप बरालको छायांकन , कविराज गहतराजको नृत्य निर्देशन , संदेश शाहको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्