‘दसैँ र तिहार’ मा आर्यन र आँचल (भिडियो)

फिल्म । पछिल्लो समय फिल्ममा नदेखिएको जोडी म्युजिक भिडियोमा देखिन थालेका छन् । यहि क्रममा भिडियोमा देखिन लागेको नयाँ जोडी हो आर्यन सिग्देल र आँचल शर्माको जोडी । दशैं र तिहारको सेरोफेरोमा तयार गरिएको गीत ‘दसैं तिहार’मा आर्यन र आँचलको जोडी फिचर्ड छन् । यी दुइसँगै भिडियोमा रेविका गुरुङ र सुजन तिगेला लिम्बुको पनि अभिनय रहेको छ ।

सार्वजनिक गीतमा दसैँ र तिहारको माहोल देख्न सकिन्छ । पछिल्लो समय भिडियो निर्देशनमा सक्रियता बढाईरहेका निर्देशक चाम्सले फिल्मकै कलाकारहरुलाई लिईरहेका छन् । ‘कलाकारको क्रेज भिडियोले बढाउने काम गर्नु पर्छ । त्यसैले हाम्रो मेकिङ शैली फिल्मको झैँ हुने गरेको छ’ मिलनले भने ।

‘दशैँ तिहार’ बोलको गीतमा सुज​न तिगेला लिम्बु र मेलिना राइले स्वर दिएका छन् । गीतमा शब्द जर्न राइको रहेको छ भने संगीत ताराप्रकास लिम्बुले दिएका छन् । गीतको भिडियोमा सुदिप बरालको छायांकन , कविराज गहतराजको नृत्य निर्देशन , संदेश शाहको सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्