‘हातारमा’ आर्यन र वर्षा (भिडियो)

संगीत । अभिनेता आर्यन सिग्देल अभिनित म्युजिक भिडियो ‘हतारमा’ सार्वजनिक भएको छ । कमै भिडियोमा देखिने आर्यनको जोडी बनेकी छिन् बर्षा राउत । फिल्ममा नदेखिएको यो जोडी भिडियोमा प्रस्तुत भएको हो । रोमान्टिक हिरो आर्यनले केहि समय अगाडी नायिका आँचल शर्मासँग पनि भिडियोमा काम गरेका थिए । समीर आचार्यको स्वरमा रहेको ‘हतारमा’ मन परेर भिडियोमा काम गरेको आर्यनले बताए ।

पछिल्लो समय फिल्म ‘डिसेम्बर फल्स’ को प्रि-प्रोडक्सनमा समय दिईरहेका आर्यनले तौल पनि घटाएका छन् । उनले दोस्रो पटक उपत्यकामा गरिएको निषेधाज्ञामा झन्डै २० केजी वजन घटाएका थिए । सार्वजनिक गीतमा आर्यन फिल्म झैँ रोमान्टिक देखिएका छन् ।

गीतमा गायक समीरसँगै गायिका अप्सरा घिमिरेले स्वर दिएकी छिन् । शब्द तथा संगीतसमेत गायक समीरकै रहेको गीतको भिडियो सान थापाले निर्देशन गरेका हुन् । भिडियोमा नृत्य निर्देशनमा राजीव समर, छायाँकनमा अर्जुन तिवारी र सम्पादन सुप्रिम पराजुलीको रहेका छन् ।

कमेन्ट गर्नुहोस्