चिरञ्जिवी र कृतिशाको ‘धोका दियौ’

संगीत । गायिका एलिना चौहानले स्वर रहेको गीत ‘धोका दियौ’ सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वर रहेको यो चर्चित गीत फिमेल भर्सनको रुपमा एलिनाको स्वरमा आएको हो । सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् । गीतको म्युजिक भिडियोमा मोडल कृतिशा केसीले अभिनय गरेकी छन् । उनलाई अभिनयमा जोडीको रुपमा चिरञ्जिवी सापकोटाले साथ दिएका छन् । भिडियोमा रोशनी कार्की र जीवेश गुरुङको समेत अभिनय देख्न सकिन्छ । प्रेम पीडा ब्यक्त गरेको गीतको भिडियोमा प्रेम र प्रेम पीडा कथाको रुपमा प्रस्तुत गरिएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको भिडियोमा नरेशको छायाँकन र डिन्सन शाहको सम्पादन छ ।
कमेन्ट गर्नुहोस्