तब्बुको रोल मनिषालाई

फिल्म । अभिनेत्री मनिषा कोइराला अल्लु अर्जुनको सुपरहिट फिल्म ‘अला बैकुण्ठपुरमलु’ को हिन्दी रीमेकमा देखिने भएकी छिन् । एकता कपूरको निर्माण तथा रोहित धवनको निर्देशनमा बन्ने फिल्ममा अल्लु अर्जुन र पूजा हेगडेले गरेको भूमिकाका लागि कार्तिक आर्यन र कृति सेननलाई रोहितले अनुबन्ध गरेका चर्चा बि-टाउनमा छ ।

यसै फिल्मको अल्लु अर्जुनको आमाको भूमिकाका लागि मनिषालाई अफर गरिएको हो । पछिल्लो समय ‘९९ संग्स’ मा देखिएकी मनिषाले फिल्ममा उक्त भूमिका निर्वाह गर्न स्वीकारेसँगै फिल्मको कास्टिङको पाटो पूरा भएको बताइएको छ । मनिषा निकट सदस्यलाई आधार मान्ने हो भने उनले यो फिल्मसंगै ओटीटीको लागि बन्ने एक कन्टेनमा पनि काम गर्ने तयारीमा छिन् ।

कमेन्ट गर्नुहोस्