डबिङमा ‘तिम्रो मेरो साथ’

फिल्म । निषेधाज्ञालाई नेपाल सरकारले केहि खुकुलो बनाएसंगै फिल्मी गतिविधि बढ्न थालेका छन् । म्युजिक भिडियो , टेलिफिल्मसंगै फिल्मको प्रोडक्सनको काम पनि भइरहेको छ । केहि समय अगाडी छायांकन सकिएको फिल्म ‘तिम्रो मेरो साथ’ ले आफ्नो बाँकी रहेको प्रोडक्सनको काम अगाडी बढाएको छ । अवस्था सामान्य हुन् थालेपछि निर्माण पक्षले यसको डबिङ सुरुआत गरेको छ । उपत्यकाको रेड स्टुडियोमा अहिले कलाकारद्धय साम्राज्ञी शाह र पुष्प खड्का स्वरांकन गर्दैछन् ।

रमेश एम के पौडेलको निर्माण तथा निर्देशन रहेको यो फिल्मका लेखक तथा कार्यकारी निर्मातामा सवीर श्रेष्ठ छन् भने छायांकार शिव ढकाल र नृत्य निर्देशक रामजी लामिछाने हुन । यो फिल्म नेपाल अगावै अमेरिका, अष्ट्रेलिया र बेलायत लगायतका देशहरूबाट प्रदर्शनमा आउने निर्माण पक्षले जनाएका छन् । यस्तै , नेपाल रिलिज भने कोरोना भाइरसको महामारी कम हुँदै गएमा दसैँमा हुने संकेत निर्माण पक्षले गरेका छन् ।

कमेन्ट गर्नुहोस्