पुनिथको अन्तिम फिल्म मार्चमा

फिल्म । साउथ सुपरस्टार कन्नड अभिनेता पुनिथ राजकुमारको निधन भइसकेको छ । ४६ वर्षीय पुनिथको शुक्रबार निधन गत वर्षको अक्टुबरमा भएको थियो । हृदयघात भएपछि उनलाई बेङ्गलुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनलाई मृत घोषणा गरिएको थियो । उनले सन् १९७६ मा फिल्म ‘प्रेमडा कनिके’ बाट डेब्यु थिए ।

सन् २०२१ मा रिलिज भएको फिल्म ‘युवरथना’ पश्चात उनको अन्तिम फिल्म ‘जेम्स’ आउँदो मार्चमा रिलिज हुने भएको छ । उनको जन्मोत्सव अर्थात् मार्च १७ मा फिल्मलाई अल इन्डिया रिलिज गर्ने तयारी निर्माण पक्षले गरिरहेका छन् । हालै फिल्मको फस्टलुक्स समेत सार्वजनिक गरिएको छ । जहाँ पुनिथलाइ एक्सन अवतारमा देखाइएको छ । चेतन कुमारको लेखन तथा निर्देशन रहेको फिल्म ‘जेस्म’ लाई कर्नाटकमा एक हप्ता सोलो रिलिज गरिने छ ।

भारतीय मिडियामा उल्लेख भए अनुसार पुनिथलाई श्रद्धाञ्जली स्वरूप मार्च १७ देखि २४ सम्म कर्नाटकमा उनको मात्र फिल्म देखाइने छ । फिल्ममा बहुभाषिक रुपमा रिलिज गरिने छ । फिल्ममा अनु प्रभाकर, श्रीकांत, आर सरथकुमार, तिलक शेकर मुकेश ऋिषी लगायतको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्