२७ वर्षमा स्वस्तिमा

फिल्म । नेपाली फिल्ममा पछिल्लो समय अभिनयका हिसाबले अब्बल मानिने अभिनेत्रीमा पर्ने स्वस्तिमा खड्काले आज जन्मदिन मनाइरहेकी छिन् । उनी आजबाट २७ वर्षमा प्रवेश गरेकी छिन् । सन् २०१५ को फिल्म ‘होस्टेल रिटर्न्स ’ बाट फिल्म करिअर थालेकी उनले एक दर्जन बढी फिल्ममा अभिनय गरेकी छन् । म्युजिक भिडियोमा देखिरहने स्वस्तिमा पछिल्लो समय भने इभेन्ट, विज्ञापन र ठुलो पर्दाको लागि व्यस्त छिन् ।

उनले यस पटकको बर्थडे भक्तपुरको चाँगुनारायण-४ स्थित अनाथ आश्रममा पुगेर त्यहाँ आश्रित बालबालिकासँग मनाइन् । त्यहाँको तुलसालय आश्रम पुगेर उनले केक काटिन् र बालबालिकालाई केक खुवाइन् । आइतबार बिहानै त्यहाँ पुगेकी स्वस्तिमाले बालबालिकासँग रमाइलो पनि गरिन् । उनले आफ्नो जन्मोत्सवको गतिविधिलाई सामाजिक सञ्जाल मार्फत जानकारी गराइरहेकी छिन् ।

कमेन्ट गर्नुहोस्