‘प्रेम गीत ३’ को लागि प्रदीपले भेटे गोविन्दा

फिल्म । अभिनेता प्रदीप खड्का आफ्नो फिल्मको प्रचारप्रसारमा निकै मेहनती देखिन्छन । प्रदर्शनरत फिल्म ‘प्रकाश’ को लागि प्रचारप्रसारमा दौडी रहेका अभिनेता प्रदीप आउँदो फिल्म ‘प्रेम गीत ३’ को प्रदर्शनमा समेत जुटेका छन् । उनले नेपाल आइपुगेका बलिउड अभिनेता गोविन्दालाई फिल्मको बारेमा जानकारी गराएका छन् । ‘प्रेमगीत ३’को भारत प्रदर्शनबारे बलिउड स्टार गोविन्दासँगको भेटमा उनले जानकारी दिएका हुन् ।

भेटघाटपछि प्रदीपले गोविन्दाले फिल्मलाई बलिउड रिलिजमा सघाउने प्रतिबद्धता जनाएको बताएका छन् । गोविन्दासँगको भेटमा निर्देशक दिनेश डीसी र चौधरी ग्रुपका वरुण चौधरी पनि सहभागी थिए । यसैबीच, गोविन्दा र पत्नी सुनिता आहुजाले आफ्नो सम्मान आयोजना गरिएको मिट एन्ड ग्रीट समारोहमा भाग लिए । सन्तोष सेन र छेतेन गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘प्रेम गीत ३’ आउँदो असोज ७ मा नेपालीसँगै हिन्दी भाषामा पनि रिलिज हुँदैछ ।

कमेन्ट गर्नुहोस्