हरिवंशको घरमा बालेनको देउसी

फिल्म । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले वरिष्ठ अभिनेता हरिवंश आचार्यको घरमा देउसी खेलेका छन् । उनी फिल्म ‘महापुरूष’ ले आयोजना गरेको देउसीभैलो कार्यक्रममा नजिकका साथीहरूसँग अभिनेता आचार्यको निवाशमा पुगेका थिएँ । उनले त्यहाँ आफू मेयर भन्दा पनि साथीभाई बनेर देउसी खेल्न आएको बताए । र्याप हान्ने बालेनले लोकभाकामा भट्याउदै गर्दा अभिनेता आचार्य सहित फिल्मका निर्माता म्याक्स दिपेश खत्री, निर्देशक प्रदीप भट्टराई, कलाकार समेत रहेका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ, कलाकार अरुण क्षेत्रीसहितको टोली छमछमी नाचेका थिएँ ।

सामाजिक कार्यको लागि फेसबुकमा खोलिएको मेन्ज रूम रिलोडेड (एमआरआर) ग्रुपसँग जोडिएका केही सदस्यहरूसँगै सामाजिक अभियन्ताहरू देउसी खेल्न अभिनेता आचार्यको निवाशमा पुगेका थिएँ । अभिनेता आचार्य कहाँ देउसी खेल्ने योजना बनेको थाहा पाएपछि आफू सहभागी भएको बालेनले बताए । आफ्नो प्राङ्गणमा देउसी खेल्न आइपुगेका युवाहरूलाई स्वागत गर्दै कला संस्कृतिको प्रवर्द्धन गर्न अभिनेता आचार्यले सुझाए । ‘हाम्रो कला, संस्कृतिलाई युवाले आउँदो पुस्तासम्म पुर्याउनु पर्छ । उहाँहरू देउसी खेल्न आउनु भयो । खुसी लागेको छ’, अभिनेता आचार्यले भने ।

देउसीमा अभिनेता आचार्य र मेयर शाह देउसी भट्ट्याउँदै नाचेका थिए । साथीभाईहरू मिलेर एकछिन रमाइलो गरिएको कार्यकारी निर्माता बानियाँले जानकारी दिए । ‘हामीले हाम्रो कला, संस्कृतिलाई महापुरूष हरिदाईको प्राङ्गणमा उत्सवको रुपमा मनायौँ । हाम्रो संस्कृतिले हामीलाई एकतृतसँगै एकताबद्ध गराउने गरेको छ’, कार्यकारी निर्माता बानियाँले भने ।

मह जोडीलाई सम्मान गर्दै नेपालगन्जमा ‘महापुरुष’को र्‍याली नेपालगन्जमा पिके इभेन्टले आयोजना गरेको ‘फेस अफ नेपालगन्ज सिजन ३’का १४ जना प्रतिस्पर्धीको सहभागीतामा धम्बोझी चोक हुँदै क्युएफएक्स सिनेमाज बागेश्वरीसम्म र्‍याली गरिएको छ।र्‍यालीमा ‘महापुरूष’ को फ्लेक्स लिएर ‘फेस अफ नेपालगन्ज’ का सहभागीहरूले यात्रा गरेका थिएँ । काठमाडौं केन्द्रीत भईरहने प्रचारप्रसार भन्दा यसपटक महापुरूष टिमले फरक गरेको चलचित्र पत्रकार संघ बाँके शाखा अध्यक्ष रामचन्द्र पौडेलले बताए ।

‘महापुरूषले दर्शकसम्म आफ्नो सूचना पुर्याउन यहाँ प्रचारप्रसार गरिरहनु भएको छ । मह जोडीको सम्मानमा ब्युटी प्याजेन्टका सहभागीहरूले आफैँ फिल्मको प्रचारप्रसार गरिदिनु भएको हो । आउँदो कात्तिक ११ गते फिल्म हेर्न हामी आतुर छौँ’, अध्यक्ष पौडेलले भने । र्‍यालीमा पिके इभेन्टका प्रबन्धक प्रकाश कुँवर, क्युएफएक्स बागेश्वरीका प्रवन्धक सन्जीव शाक्य लगायतको समेत सहभागीता थिएँ।

कमेन्ट गर्नुहोस्