गीतालाई फकाउँदै रोशन (भिडियो)

सङ्गीत । गायक रोशन अधिकारीले नयाँ गीत ‘शंका गर्या हैन’ सार्वजनिक गरेका छन् । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा गायिका अनु चौधरीको स्वर छ । गीतमा जश्मिन श्रेष्ठको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । यूवायूवतीबिचको प्रेममा हुने माया र डाहाको भाव गीतमा समावेश गरिएको छ ।

गीतको भिडियोमा गायक तथा मोडल अधिकारी र गीता ढुंगानालाई हेर्न सकिन्छ । भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन् । माइकलले यो रोमान्टिक गीतमा रोशन र गीतालाई गज्जबले नचाएका छन् । यसपटक, पनि उनले केही नयाँ सिग्नेचर स्टेप प्रयोग गरेका छन् । भिडियोमा माइकल स्टेजप अप एन्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र शिलन लम्सालको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्