साम्राज्ञीसँग जीतुको ‘मिठो मिठो’ सार्वजनिक

फिल्म । माघ २० गतेबाट प्रदर्शन हुने फिल्म ‘ह्यारी कि प्यारी’को दोस्रो गीत रिलिज गरिएको छ । सार्वजनिक ‘मिठो मिठो’ बोलको गीतमा युग भुषालको संगीत तथा निर्देशक डाक्टर कपिल रिजालको शब्द रचना रहेको छ भने यसमा सौरव दास र देवाञ्जली वी जोशीको स्वर सुन्न सकिन्छ । गीतमा मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपाल फिचर्डछन् ।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । सिनेमाको एक गीतमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा प्रस्तुत छिन् ।

डाक्टर कपिल रिजालको प्रस्तुतिमा निर्माण भएको फिल्ममा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ । दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन् ।

डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौलाको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्