‘घुम्तीमा जुधेको आँखा’ मा मिरुनासँग रोशन

सङ्गीत। गायक सुनिल गिरीको ‘घुम्तीमा जुधेको आँखा’ बोलको सालैजो गीत र भिडियो सार्वजनिक गरिएको छ । गायक गिरीकै शब्द तथा संगीतमा तयार सालैजो गीतको भिडियोमा नायिका मिरुना मगर र मोडल रोशन केसीको अभिनय रहेको छ । रोमान्टिक शैलीमा तयार पारिएको घुम्तीमा जुधेको आँखा एक प्रेमील जोडीको प्रेम कथा हो ।

गीतको भिडियोलाई अनिल कृष्ण मानन्धरले निर्देशन गरेका हुन् भने नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् । मनोज कार्कीको सम्पादन तथा कलरिङ, कृष्ण बिक भान्जाको एरेन्जमा तयार भएको गीतको छायांकन निर्देशक अनिल स्वयंले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्