अर्जुन दम्पतिलाई पुत्रीलाभ

संगीत । संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेललाई पुत्री लाभ भएको छ । सोमबार टोखाको ग्रान्डी हस्पिटलमा बिहान ९ बजे गायिका खरेलले छोरी जन्माएको संगीतकार पोखरेलले जानकारी दिए ।

उनले सामाजिक सञ्जालमा आफूलाई पुत्री लाभ भएको खबर फोटो सहित साझा गरेका छन् । उनले लेखेका छन्,’आज इन्टरनेसनल फादर्स डेको दिन मैले बुवा बन्ने सुनौलो अवसर प्राप्त गरेँ । यो अवसरको लागि मेरी प्यारी जीवन संगिनीलाई धन्यवाद र मामु बनेकोमा बधाई दिन चाहान्छु ।’

उनले छोरीलाई अदिरा सम्बोधन गर्दै संसारमा स्वागत गरेको बताएकाछन् ।

कमेन्ट गर्नुहोस्