राजेशको स्वर तथा सङ्गीतमा ‘तिम्रो निम्ति’ सार्वजनिक

सङ्गीत । राजेश घिमिरेको स्वर तथा सङ्गीतमा नयाँ गीत ‘तिम्रो निम्ति’ सार्वजनिक भएको छ । यसको शब्द रचनामा राजेशलाई सविनले साथ् दिएका छन् । गीतको म्युजिक भिडिओलाई पनि उनैले निर्देशन गरेका छन्। एक प्रेम जोडीको जीवनमा वैदेशिक यात्राले ल्याउने उतारचढावलाई वियोगान्त शैलीमा भिडिओ निर्माण गरिएको छ।

भिडिओमा सुजना लिम्बु र सव्रिना फिचर्ड छन्। भिडिओलाई हरि हुमागाईं र सौरभ मानन्धरले खिचेका छन्। भिडिओको सम्पादन प्रविन श्रेष्ठले गरेका छन्।

कमेन्ट गर्नुहोस्