‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ : सजिना र आयुश्नोभा विजयी

सौन्दर्य । ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को बुधबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अन्तिम प्रतिष्पर्धामा सजिना खनालले मिस सुप्रा नेसनल र डाक्टर आयुष्नोभा ढुंगानाले मिस इन्टरकन्टिनेन्टल नेपालको उपाधि जित्न सफल भएकी छिन् । सन् २०१७ मा मिस टिन , २०२३ मा मिस टुरिज्म नेपाल , सोही वर्ष श्री लङ्कामा आयोजित मिस वर्ल्ड टुरिज्ममा मिस एलिगेन्स भएकी सजिनाले जितेको यो अहिलेसम्मको उच्च उपाधि हो ।

उनले प्राप्त गरेको लोकप्रियताको उपयोग समाज सेवामा गर्ने योजना बनाएकी छिन् । यस्तै, डाक्टर भइसकेकी आयुष्नोभा पनि सौन्दर्य प्रतियोगितमार्फत सेवामूलक कार्य गर्ने सोच बनाएको जनाएकी छिन् । आयोजकका अनुसार विजेता सजिनाले पोल्यान्ड र डाक्टर आयुष्नोभाले इजिप्टमा हुने प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछन् ।

उक्त प्रतियोगितामा धीरजकाजी बस्नेतले मिस्टर सुप्रा नेसनल नेपाल, मोनिका अधिकारीले मिस ग्लोब नेपाल र क्षितिज श्रेष्ठ क्षत्रीले मिस्टर इन्टरनेसनल नेपालको उपाधि जित्न सफल भए ।

फिनालेअघि प्रतियोगीहरुले विभिन्न चरणमा ट्यालेन्ट राउन्ड, टप मोडल राउन्ड, स्वीम वेयर राउन्डजस्ता विभिन्न विधामा आफ्नो प्रतिभा देखाएका थिए ।फिनालेमा विजेताहरुलाई ५ लाख बराबरको गिफ्ट ह्याम्पर प्रदान गरियो ।

कमेन्ट गर्नुहोस्