स्मिताको ‘ज्यानमाया’ सार्वजनिक (भिडियो)

सङ्गीत । ‘मायालु तिमी कता छौं’, ‘मालिङ्गो’, ‘आँखामा गाजल’, ‘लुकाउने ठाँवै छैन’ आदि गीत गाइसकेकी गायिका स्मिता दाहालले शुक्रबार नयाँ गीत ‘ज्यानमाया’ बजारमा ल्याएकी छिन् । नवराज ढुंगानाको शब्द रहेको गीतमा दिपक शर्माले संगीत भरेका छन् । गीतको भिडियोभित्र प्रियंका कार्की र कविता नेपाली हिरोइनको भूमिकामा छन् । गायक तथा कलाकार सरोज वली भने सुटिङ स्पटबाटै हिरोइन अपहरण गर्ने भिलेनको भूमिकामा छन् । प्रियंका–सरोजले यसअघि ‘ए केटा मादलु पड्का’मा सँगै अभिनय गरेका थिए ।

प्रियंकासँगको सहकार्य दर्शकले रुचाएपछि नयाँ शैलीमा भिडियो निर्माण गरेको कलाकार वलीले बताए । भव्य सेट लगाएर निर्माण गरिएको यो भिडियो हेर्दा दर्शकलाई दक्षिण भारतीय फिल्मको झल्को दिन सक्छ ।

श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो छायांकन र सम्पादन पवन सुस्लिङ गरेका छन् । भिडियो निर्देशन भने पछिल्लो समयका व्व्यस्त निर्देशक गम्भिर विष्टले गरेका छन् ।

कमेन्ट गर्नुहोस्