दसैँमा थपियो ‘१२ गाउँ’

फिल्म । आउँदो विजया दशमीलाई लक्षित गर्दै फिल्म घोषणा गर्ने क्रम रोकिएको छैन । ‘छक्का पञ्जा ५’ र ‘बेहुली फ्रम मेघौली’ पछो अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भईरहेको फिल्म ‘१२ गाउँ’को फर्स्टलुक पोस्टरसँगै यसको प्रदर्शन मिति दसैँलाई घोषणा गरिएको छ । अभिनेता भट्टका छोरा समीर भट्टको डेब्यु फिल्ममा उच्च स्तरीय एक्सन दर्शकले देख्न पाउने बताइएको छ ।

पस्किने तयारी ‘१२ गाउँ’ मार्फत् गरेका छन् । यो सिनेमाले नेपाली सिनेमाको एक्सनलाई अन्तर्रराष्ट्रिय स्तरमा लैजाने विश्वास निर्देशक तथा अभिनेता भट्टको छ ।निर्देशक विराजका अनुसार अबको १० दिनमा फिल्मको प्याकअप हुनेछ । फिल्ममा समावेश गरिने एउटा एक्सन दृश्यको छायांकन भारतको मुम्बईमा गर्नु पर्ने भएकाले अबको १० दिनमा सम्पुर्ण छायांकन सकिने उनको भनाई छ ।

उनका छोरा समिरले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर डेब्यू गरेका हुन् । समीरले मुम्बईमा किशोर-नमितबाट अभिनय प्रशिक्षण लिएका थिए ।

यहीबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन् । यसमा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । यसमा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ । महेश पौडेल छायांकन रहेको फिल्मको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा पनि छायांकन गरिएको छ ।

कमेन्ट गर्नुहोस्