‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२४’ को उपाधि सन्ध्या र सरोजलाई

सौन्दर्य । ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२४’ को उपाधि क्रमशः सरोज सुनार र सन्ध्या विश्वकर्माले जितेका छन् । शुक्रबार काठमाडौंमा भएको फिनालेमार्फत उनीहरुले उपाधि चुमेका हुन् । महिलातर्फ जेसिका घिमिरे फस्र्ट रनरअप र आकृति घतानी सेकेन्ड रनरअप बने भने पुरुषतर्फ राजेन्द्र दुतराज र सिर्जन विश्वकर्मा क्रमशः फस्र्ट रनरअप र सेकेन्ड रनरअप बनेका छन् ।

मोडल तथा कोरियोग्राफर सञ्जय विश्वकर्माको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा फिनाले चर्चित मोडल तथा कोरियोग्राफर दिक्पल कार्कीले होस्ट गरेका थिए । त्यस्तै अलिशा गहजराजले पनि कोरियोग्राफीमा सघाएकी थिइन । प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धादिङ, बुटवल, पोखरा, चितवन लगायत विभिन्न जिल्लाका २५ जना प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिए । प्रतियोगितामा चार प्रदेशबाट ‘मिस्टर एण्ड मिस विश्वकर्मा’का उपाधि जितेका चार जना महिला पुरुषको सहभागी थियो ।

कार्यक्रम आयोजक संस्था बिब्रोस् इन्टरटेनमेन्टका अध्यक्ष समेत रहेका सञ्जय विश्वकर्माले ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल’ विश्वकर्मा समुदायको युवाहरुका लागि मञ्च निर्माण गर्नु पर्छ भन्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको बताए । विश्वकर्मा समुदायको युवा यस मञ्चले प्रतिभा निखार्दै उनीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उनको भनाई छ ।

फिनालेमा विजेताहरुलाई ‘गिफ्ट ह्याम्पर’ प्रदान गरिएको थियो । त्यस्तै बि एण्ड सी कम्पनी दुवईले विजेतालाई सात दिनको दुवई भ्रमण गराउने घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्