‘मिस्टर नेवा ११४४’ घोषणा

सौन्दर्य । राज्य मिडिया नेटवर्कले प्रतियोगितात्मक शो ‘मिस्टर नेवा ११४४’ को घोषणा गरेको छ । कम्पनीले प्रतियोगिताका लागि गत असार १७ गतेदेखि आवेदन दर्ता खुला गरेको हो ।

राज्य मिडिया नेटवर्ककी कार्यक्रम निर्देशक सरला डंगोलले नेवार समुदायका युवाले ‘मिस्टर नेवा’मा भाग लिन सक्ने बताइन् । यो प्रतियोगिता नेवा समुदायका युवाहरुका लागि आकर्षक प्लेटफर्म हुने उनको दाबी छ ।

‘यो प्रतियोगिता नितान्त सांस्कृतिक उत्थान र युवाहरुको वृत्ति विकासमा लक्षित छ र उनीहरुका लागि आकर्षक प्लेटफर्म हुनेमा म विश्वस्त पनि छुुु’, फेसन डिजाईनरसमेत रहेकी कार्यक्रम निर्देशक डंगोलले बताईन् । यस इभेण्टमा कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफरका रुपमा अनुबन्धित भएका छन् ।

कमेन्ट गर्नुहोस्