‘हिरुलाल : द सोल अफ कर्णाली’को सार्वजनिक

सङ्गीत । कर्णाली प्रदेशको जन-जीवनमा आधारित म्युजिकल फिल्म ‘हिरुलाल : द सोल अफ कर्णाली’को सार्वजनिक गरिएको छ । जुम्लामा विभिन्न स्थानमा छायांकन गरिएको सुदुरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण गरिएको छ ।

यो म्युजिकल सिनेमाले आर्थिक र अन्य अवसरका लागि विदेशीन बाध्य स्थानियको पिडालाई कथामा ढालिएको छ । त्यसका साथै कर्णाली र सुदुरपश्चिम बासी कसरी सडक र संचार सुविधाबाट बञ्चित छन्, भन्ने कुरालाई पनि नजिकबाट नियाल्ने अवसर दिएको छ ।

यो म्युजिक सिनेमालाई सञ्चारकर्मी रतन देवकोटाले निर्देशन गरेका हुन् । ‘आफ्नो पहिलो डेव्यु निर्देशकिय म्युजिक सिनेमामा आफ्नो गृह प्रदेशको कथाव्यथा प्रस्तुत गर्नु पर्छ भन्ने भएपछि एउटा जुझारु टिम बनाएर यो कथा भन्ने आँट गरेको हुँ,’ उनले भने ।

यो गीतको म्युजिक कम्पोज चक्र बलमे गरेका हुन् । उनी यो म्युजिकल सिनेमाका एसिस्टेन्ट निर्देशक तथा गायक पनि हुन् । उनलाई यो गीत गायनमा रचना रिमालले साथ दिएकी छन् । गीतमा समावेश ठाडी भाकामा बरिष्ठ देउडा गायिका डिक्रा देवी बादीले स्वर भरेकी छन् । यस गीतका संगीत निर्माता कोविद बज्र हुन् ।

सौरभ लामिछानेको छायांकन रहेको भिडियोमा प्रकाश अभिनेत्री रेनु नाथ योगी, बालकलाकार संजय परियार र गायक चक्र बलमे अभिनय गरेका छन् । अभिनेत्री योगीले प्रकाश पश्चात पुनः जुम्लाकी स्थानीय महिलाको भुमिका निवार्ह गरेकी छन् । जो परदेशीयका श्रीमानको प्रतिक्षामा छिन् । यो गीतको कथा, क्रियटिभ निर्देशक तथा प्रोडक्सन डिजाइनर गोविन्द सुनार हुन् ।

कमेन्ट गर्नुहोस्