‘तै चुप मै चुप’ को निर्माण घोषणा

फिल्म । पोलिटिकल कमेडी फिल्म ‘तै चुप मै चुप’ को निर्माण घोषणा गरिएको छ । कलाकार एवम् निर्माता सन्तोष अधिकारीको जन्मोत्सवको अवसर पारेर उक्त फिल्मको घोषणा गरिएको हो ।

सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्यमा बन्ने ‘तै चुप मै चुप’ लाई घनश्याम लामिछानेले निर्देशन गर्ने भएका छन् । यसमा स्कृप्ट मनिष गौतमको रहेको छ । काठमाडौँ र पोखरामा छायाङ्कन हुने निर्माण पक्षले जनाएको छ । हाल फिल्मका लागी कलाकार र गीतसङ्गीत छनोटको काम भइरहेको छ ।

पोलिटिकल सस्पेन्स कथा रहेको उक्त फिल्ममा समसामयिक राजनीतिक घटनाक्रमहरूलाई कमेडी ढङ्गले प्रस्तुत गरिने निर्देशक लामिछानेले बताए । यस अघि पनि यही टिमले ‘चित्रा’ निर्माण र प्रदर्शन गरिसकेको छ । फिल्ममा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहने छ भने यसको सम्पूर्ण मार्केटिङ्ग र ब्रान्डिङ्ग आईडिया पिक्सेलका तर्फबाट पवन राज जोशीले गर्नेछन् ।

कमेन्ट गर्नुहोस्