‘लै लै’ पछी बनकी चरी (भिडियो)

जयहोस् । सार्वजनिक पहिलो गीत ‘लै लै’ लाई दर्शकले रुचाएपछी फिल्म ‘प्रसाद’ युनिटले दोस्रो गीत सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै युनिटले डान्सीङ नम्बर ‘बनकी चरी’ सार्वजनिक गरेको हो । गीतमा रुपक डोटेल र अञ्जु पन्तको स्वर छ भने सुवाष भुषालको शब्दमा वि. पाण्डेले संगीत भरेका छन् । गीतको भिडियोमा अभिनेता विपिन कार्कीलाई गायकको भूमिकामा देख्न सकिन्छ भने अभिनेता निश्चल बस्नेतले मोडेल अन्जली अधिकारीसँग नृत्य गरेका छन् । मंसिर २१ गतेबाट प्रदर्शनमा आउने ‘प्रसाद’ मा नम्रता श्रेष्ठ पनि प्रमुख भूमिकामा छिन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेका हुन् । फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् भने यसमा लोकेश बज्रचार्यको सम्पादन रहेको छ । सुवाष र कोशिष क्षेत्रीको पनि संगीत रहेको फिल्ममा हिमाल केसीको द्वन्द छ ।
कमेन्ट गर्नुहोस्